
उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयमा लामो समयदेखि अनवरत रुपमा सेवा पु¥याउँदै आउनुभएका दुई शिक्षिका र एक कर्मचारीलाई सम्मानसहित विदाई गरिएको छ ।
अवकाश प्राप्त शिक्षिका नर्वदा श्रेष्ठ र सर्सूदेवी गुरुङ तथा कर्मचारी डम्बरबहादुर भट्टराईलाई सोमबार एक कार्यक्रमका बीच सम्मानसहित विदाई गरिएको हो । श्रेष्ठले २४ बर्ष, गुरुङले २९ बर्ष र भट्टराईले ५२ बर्ष अनवरत रुपमा शैक्षिक क्षेत्रमा सेवा पु¥याउनुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले लामो समयदेखि विद्यालयको हितमा उहाँहरुको अमूल्य योगदान गरेको बताउनुभयो । सेवा निवृत जीवनमा समेत सामुदायिक विद्यालयको विकासमा उहाँहरुको महत्वपूर्ण योगदान रहनेमा आफु आशावादी रहेको उहाँले बताउनुभयो ।