उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुका लागि दुई लाख रुपैयांको दुर्घटना विमा गरेको छ ।
संघ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडबीच बिहीबार दुर्घटना विमाको विषयमा सम्झौता भएको हो । संघका नवनिर्वाचित अध्यक्ष तारामान सिरिङले चुनावी प्रतिबद्धता अनुरूप दुर्घटना विमा गरिएको जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि नविकरण शुल्क बुझाएका संघका सदस्यहरुले उक्त सुविधा लिन सक्नेछन् । संघका कर्मचारीका लागि पाँच लाख रुपैयाँ बराबरको विमा गर्ने योजना जनाइएको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड उर्लाबारी शाखा प्रमुखले दुर्घटना विमाले व्यवसायीहरुको लागि राम्रो भएको बताउनुभयो । सुरुवाती चरणमा २९ जना व्यवसायीहरुको बिमा भएको छ । संघमा आबद्ध सबै ब्यवसायीहरुको बिमा गरिने छ । १ हजार २ सय १२ जनाको बिमा गराइने महासचिब सम्झना खतिवडाले जानकारी दिनुभयो । उर्लाबारीको दुर्गापुरीमा बैंकको शाखा कार्यालय र आम्बाडीमा व्यावसायीक सुरक्षाका लागि सिसि क्यामेरा जडानको तयारी भइरहेको बताइएको छ । उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरुको सामुहिक दुर्घटना बिमा नेपालमै पहिलो पटक उर्लाबारी उद्योग वाणिज्य संघले गरेको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय