
उर्लाबारी । मोरङको उर्लाबारीमा जेसीजले जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ ।
उर्लाबारी जेसीजको आयोजनामा सोमबारदेखि जेसीज सप्ताह सुरु भएको हो । जेसीज सप्ताह अन्तरगत वाल्कथन कार्यक्रम सम्पन्न भएको छ । उर्लाबारी चौकमा भेला भई सयौं विद्यार्थीहरुको सहभागितामा उर्लाबारी नगर परिक्रममा गरिएको छ । कार्यक्रम संयोजक भूपाल काफ्ले वाल्कथन भब्यताका साथ सम्पन्न भएको जानकारी दिनुभयो । आज नै मानसिक स्वास्थ्य सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । त्यस्तै, सप्ताह कार्यक्रम अन्तरगत असोज १ गते नेतृत्व विकास तालिम, असोज २ गते रक्तदान र स्लोमोटरसाइकल रेस, असोज ३ गते सृजना आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण र असोज ४ गते चित्रकला प्रतियोगिता तथा सप्ताह समापन कार्यक्रम रहेको अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो । नेपाल जेसीजको कार्यसम्पादन मूल्याकन (सन् २०२४) मा उत्कृष्टता प्राप्त गर्न सफल उर्लाबारी जेसीजले ज्ञानवद्र्धक तथा सामाजिक कार्यसमेत गर्दै आएको छ । युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गर्दै आएको जेसीजले बर्सेनी जेसीज सप्ताह कार्यक्रम गर्दै आएको कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताह कार्यक्रम मुल संयोजक रोशन घिमिरेले जानकारी दिनुभयो ।