उर्लाबारी । उर्लाबारी बहुमूखी क्याम्पसका प्रमुख खेमराज कार्कीले आफ्नो बारेमा अनाहकमा अफवाह फैल्याएको भन्दै आपत्ती जनाउनुभएको छ ।
भवितब्य सडक दुर्घटनाका कारण घटना दुखद भएपछि पीडित पक्षसँग मिलापत्र भइसकेको अवस्थामा आधारहिन र कपोकल्पित तरिकाले भ्रम सिर्जना गरिएको भन्दै उहाँले आपत्ती जनाउनुभएको हो ।
‘व्यक्तिगत पूर्वाग्रहबाट प्रेरित भई मेरो मानहानी गरिएको छ, अफवाह फैल्याइएको छ’, शनिबार पत्रकार सम्मेलनमा कार्कीले भन्नुभयो । यसैबीच क्याम्पस सञ्चालक समितिले कार्कीलाई क्याम्पस प्रमुखमा निरन्तरता दिने निर्णय गरेको छ । समितिका अध्यक्ष पुष्प ढकालले घटनाको विषयमा अदालतले क्लिन चिट दिएकाले कार्कीलाई निरन्तरता दिने निर्णय गरिएको स्पष्ट पार्नुभयो ।
‘अदालतले सफाई दिएकाले हामीले कार्कीलाई नै क्यापस प्रमुखमा निरन्तरता दिने निर्णय गरेका हौं’, ढकालले पत्रकारहरुसँग टेलिफोनमा भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय