
उर्लाबारी । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई हटाउन माग गर्दै तालाबन्दी गरेको छ ।
आज क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो । क्याम्पस प्रमुख खेमराज कार्कीमाथि नैतिक र सामाजिक प्रश्न खडा भएको भन्दै हटाउन माग गरेका छन् । उनीहरुले क्याम्पस प्रमुखबाट कार्कीलाई नहटाएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।
प्रमुख कार्कीले सवारी ज्यान मुद्दामा सफाइ पाएपछि पुनः क्याम्पस प्रमुखको जिम्मेवारी दिएको थियो । कार्कीविरुद्ध परेको सवारी ज्यान मुद्दामा गत भदौ २८ गते मोरङ जिल्ला अदालतबाट फैसला भई कार्कीले सफाई पाउनुभएको थियो ।