उर्लाबारी । मोरङको उर्लाबारी–२ मा रहेको सुनपकुवा माध्यमिक विद्यालयमा राजनीति खिचातानी बढ्न थालेको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा उपस्थित नहुने र विद्यालयका काममा असहयोग गर्ने जस्ता हर्कत समितिकै सदस्य र केही शिक्षकले गरिरहेका छन् । बैठकमा उपस्थित हुँदा अध्यक्षको राजीनामा माग्ने र एकअर्कामा आरोपप्रत्यारोप गर्ने जस्ता हर्कतले भइरहेका छन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शिला भट्टराईले विधि र विधानअनुसार काम गर्नुपर्छ भन्दा उल्टै आफुहरुले भने अनुसार काम नगरेको भन्दै हातधोएर अध्यक्षलाई हटाउन शिक्षक र व्यवस्थापन समितिका सदस्य लागेका छन् । राजनीतिभन्दा माथि उठेर विद्यालयको शैक्षिक सुधारमा लाग्नु पर्नेमा शिक्षक र ब्यवस्थापन समितिका सदस्यहरुको हर्कतले अभिभावक आक्रोशित बनेका छन् ।
शिक्षक लक्ष्मी दाहाल, सदस्यहरु चेतन कोइराला, इन्द्र दाहाल, गणेश आचार्यलगायतले अध्यक्ष भट्टराईको अध्यक्षतामा बैठक नबस्ने भन्दै अवरोध सिर्जना गरिरहेका छन् । एकोहोरो अध्यक्ष भट्टराईको राजीनामा उनीहरुले मागिरहेको छन् । बैठक बस्न नसकेका कारण शिक्षक छनौट समिति गठनलगायत कार्य प्रभावित बनिरहेको छ । यता उर्लाबारी वडा नं. २ का वडाध्यक्ष राजनकुमार कँडेलले अध्यक्षको मात्रै राजीनामा मागेर समस्या समाधान नहुने भन्दै सबैले राजीनामा दिन सुझाव दिनुभएको छ । विद्यालयलाई नमूना बनाउनेतर्फ ध्यान दिनुको साटो खिचातानी गर्नु दुखको कुरा भएको उहाँको भनाई छ । समस्याको समाधान गर्ने तर्फ वडाले पहल गरिरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय