
उर्लाबारी । मोरङको मिक्लाजुङमा मंगलबार राति चट्याङ लागेर झापाको दमकका एक मजदुरको मृत्यु भएको छ ।
मङगलबार राति १० बजेको समयमा मिक्लाजुङ गाउँपालिका ३ तेह्थुमे टोलमा चट्याङ लागेर झापाको दमक–४ का कुमार मोतेको मृत्यु भएको हो । भक्त बहादुर नेपालीको घर बनाउने काम गर्दै आएका मोते भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङ लागेको थियो । घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचाको लागि दमक लगिएको थियो । उपचारका क्रममा राति १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।