
उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य संघलाई एक्सेल डेभलपमेण्ट बैंकले फोहोर व्यवस्थापनका लागि डस्टबिन वितरण गरेको छ ।
एक्सेल डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पु¥याउन २० थान डस्टबिन वितरण गरेको हो । उर्लाबारी नगरपालिका अन्तर्गत उर्लाबारी बजार भित्रका विभिन्न स्थानहरूमा २० थान डस्टबिन वितरण राखिएको छ । सामाजिक उत्तरदायित्व अन्तरगत उर्लाबारी उद्योग वाणिज्य संघलाई हस्टबिन वितरण गरेर एक्सेल डेभलपमेण्टले उदाहरणीय कार्य गरेको भन्दै संघका अध्यक्ष तारामान सिरेङले प्रशंसा गर्नुभयो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्थानीय बैंक भएको नाताले हरेक स्थानीय निकायहरूसँग सहकार्य गरी सामाजिक उत्तरदायित्वका कार्यहरूमा सहभागिता जनाउँदै जाने प्रतिबद्धता जनाउनुभयो । बैंकले आफ्ना ४७ वटा शाखा सञ्जालहरु मार्फत प्रतिस्पर्धी ब्याजदरमा कर्जा प्रवाह भैरहेको समेत जानकारी गराएको छ । उर्लाबारी चौकमा डस्टबिन राख्ने कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेल, संघका अध्यक्ष सिरेङसहित पदाधिकारी तथा सदस्यहरु, बैंकका प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।