उर्लाबारी । ग्रेट फ्युटर मार्ट प्रा.लि. उर्लाबारीले दशैं, तिहार, नेपाल संवत् ११४५ तथा छैठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
उर्लाबारी–५ स्थित सम्राट होटलमा शुभकामना आदानप्रदान गरेको हो । संस्थाका प्रबन्धक निर्देशक धिरज खड्काको सभापतित्व भएको उक्त कार्यक्रममा सामाजिक अभियन्ता लक्की सिटौलाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ, सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष घनश्याम भण्डारी, नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगाल, चित्ररेखा आयुर्वेदिकका सञ्चालक विष्णु कार्कीलगायतले बोल्नुभएको थियो । सो कार्यक्रमको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । २०७७ सालमा स्थापना भएको उक्त कम्पनीको दमक, विर्तामोड र इटहरीमा कार्यालय रहेको छ । कम्पनीले १ सय भन्दा बढीलाई रोजगारीसमेत दिइरहेको संयोजक उपेन्द्र निरौलाले जानकारी दिनुभयो । सोही अवसरमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय