
उर्लाबारी । झापाको दमक–३ मा पर्ने मावा खोलामा जग्गा सम्बन्धि विवादका क्रममा मंगलबार दिउँसो एक युवाको हत्या भएको छ
दमक ९ का देशु भनिने यामु निरौलाको हत्या भएको हो । हत्यामा संलग्न व्यक्तिहरु अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । दमक बेलडाँगी– मधुमल्ला सडकखण्डको मावा खोलाको पुलमा दमक– ९ बस्ने ३७ वर्षीय निरौलाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । निरौलालाई भुइँमा लडिरहेको देखेर स्थानीयले उपचारको लागि दमकस्थित आम्दा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
क्रसर संचालन रहेको मावा खोलाको बगरको ऐलानी जग्गाको विषयमा विवाद भएको हुनसक्ने आशंका गरिएको छ । निरौलालाई २÷३ जना व्यक्तिले लाती तथा मुड्की प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको दमक प्रहरीले जनाएको छ । प्रहरीले केहीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको बताइएपनि प्रहरीले भने यस बारेमा बताएको छैन ।