
उर्लाबारी । नेकपा माओवादी केन्द्र मिक्लाजुङको दोस्रो गाउँ सम्मेलन सुरु भएको छ ।
मिक्लाजुङ–९ को बृद्धबृद्धा क्लबको सभाहलमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल) को प्रमुख आतिथ्यतामा सम्मेलन भएको छ । मिक्लाजुङका अध्यक्ष उमेश राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विद्यार्थी नेता रञ्जित तामाङ, प्रदेश सदस्य तथा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेल, मोरङ संयोजक विजय विश्वास, मोरङ सह–इन्चार्ज प्रेम मिभक, उर्लाबारी अध्यक्ष गजेन्द्र दंगाललगायतले बोल्नुभयो । नयाँ नेतृत्व चयनसहित सम्मेलन सकिने कार्यक्रम रहेको जनाइएको छ ।