उर्लाबारी । मोरङको उर्लाबारीमा टोपी बचाउ अभियानमा लागेका युवाहरुको बाक्लो उपस्थिति देखिन्थ्यो । उपस्थित भएका सबैले शीरमा ढाकाटोपी ढल्काएका थिए । उपस्थित युवाहरुले व्यक्तिको परिचय नागरिकता भएजस्तै राष्ट्रको परिचय ढाका टोपी भएकोले यसलाई बचाउनतर्फ सबैको ध्यान केन्द्रित गराएका थिए ।

May be an image of 2 people and text
अंग्रेजी नयाँ वर्षको पहिलो दिन (१ जनवरी) लाई नेपाली टोपी दिवसका रुपमा मनाउँदै आएको युवाहरुको समूहले ७ वर्षदेखि टोपी बचाउ अभियान चलाउँदै आएका छन् ।
पूर्वी कमाण्ड मिडिया प्रा.लि. उर्लाबारीको संयोजनमा भएको उक्त कार्यक्रममा सनम ढाका उद्योग उर्लाबारी–७ ले ढाका टोपी सहयोग गरेको युवा व्यवसायी जीवन चिमरियाले जानकारी दिनुभयो । उक्त कार्यक्रमको ब्यवस्थापनमा उर्लाबारीकै पिके ट्राभल्स र फलैचा छापाखानाले गरेको छ । ढाकाटोपीसहित युवाहरुको समूहले उर्लाबारी चौक परिक्रममा गरेको थियो । राष्ट्रिय झण्डा र ढाका टोपीसहित उर्लाबारीमा स्वतःस्फूर्त ढङ्गमा स्थानीयहरुको वाक्लो उपस्थिति रहेको थियो ।

May be an image of 5 people

टोपी दिवसमा स्थानीय युवा, व्यापारी, राजनीतिककर्मी तथा सर्वसाधारणको सहभागिता थियो । नेपाली समाजमा बढ्दै गएको पश्चिमा संस्कृतिको प्रभावलाई दूर गरी नेपालीत्वको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले उर्लाबारीमा विगत ७ बर्षदेखि टोपी दिवस मनाउँदै आएको पूर्वी कमाण्ड मिडिया प्रा.लि. का अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । यहाँ मनाइएको टोपी दिवसमा सबै जातजाति, धर्म र भाषाभाषिको सहभागिता थियो । यो सहभागिताले नेपाली टोपी सबै नेपालीको साझा पहिचान र एकताको प्रतीक भएको सन्देश दिएको राप्रपा मोरङका सदस्य राजेन्द्र कार्कीले बताउनुभयो ।

May be an image of 6 people, temple and text

‘हरेक देशको आ–आफ्नै पहिचानजन्य पोशाक हुन्छ,’ उर्लाबारीका सामाजिक व्यक्तित्व पूर्ण वाइबाले भन्नुभयो । ‘नेपाली टोपीले सबै जाति तथा क्षेत्रको प्रतिनिधित्व गर्छ, तसर्थ नेपाली टोपी नेपाली पहिचानका रुपमा घोषणा गर्न हामी जोडदार माग गछौं,’ उहाँले भन्नुभयो, ‘ढाकाटोपी, कालोटोपी, भाद्गाउँले टोपी लगायत यी र यस्तै आकारप्रकारका विविध सामुदायिक टोपीहरु यस अन्तर्गत नै पर्छन् ।’ ‘नेपाली टोपी राष्ट्रिय पहिचान र स्वाभिमानको परिचायक भएकाले यसको संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व हो’ उर्लाबारीका अग्रज पत्रकार जगन्नाथ भट्टराईले भन्नुभयो । कार्यक्रममा सामाजिक व्यक्तित्व राजन रायमाझी, देवीप्रसाद दाहाल, युवा व्यवसायी सनम श्रेष्ठलगायतले बोल्नुभएको थियो । उर्लाबारीका युवा व्यवसायी नुतन राईको सभापत्वि एबं अग्रज पत्रकार घनश्याम भण्डारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

May be an image of 15 people and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय