उर्लाबारी, उर्लाबारीका मेलमिलापकर्ताहरुका लागि तीन दिने द्वन्द्व व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ । नगर न्यायिक समितिको आयोजनामा सुरु अभिमुखीकरणमा ५० जनाभन्दा बढी मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।
आज न्यायिक समिति संयोजक तथा नगर उपप्रमुख मीना खतिवडा पौडेलको अध्यक्षता र नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख खरेल, प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्तालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अभिमुखीकरणमा बरिष्ठ अधिवक्ता गणेशराज लुईटेल र मेघराज न्यौपानेले सहजीकरण गर्नुभएको छ । कार्यक्रममा मेलमिलापका चरणहरु, मेलमिलापका सीप तथा औजारहरु, मेलमिलापकर्ताको गुण, दायित्व र भूमिका, विकल्पको खोजी र मूल्य सिर्जना, मेलमिलापको प्रक्रियागत जानकारी, मनोसामाजिक समस्या पहिचानलगायतका विषयमा जानकारी गराइने अधिवक्ता लुइटेलले बताउनुभयो । न्यायिक समिति सदस्य रुद्र लामिछानेले सञ्चालन गर्नुभएको उद्घाटन कार्यक्रममा न्यायिक समितिकै सदस्य अमृता नेपालीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय