उर्लाबारी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अनिल श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।

शनिबार पथरीशनिश्चरे–२ को हरियाली सामुदायिक वनको सभाहलमा भएको अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा विजय खम्बु, सचिबमा विद्यानन्द चौधरी, सहसचिबमा संगीता राई, राजेश राजवंशी र कोषाध्यक्षमा सुरन्जन लिम्बू सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा उषा सरदार, देवराज तामाङ, तृष्णा कुलुङ राई र सञ्जय राजवंशी रहनुभएको छ । त्यस्तै, लेखा संयोजकमा रामकुमारी राई, राजकुमारी तामाङ र भुवराज लिम्बू रहनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय