उर्लाबारी । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाको सभापतिमा पुनः भानुभक्त शर्मा पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
सभापतिका प्रत्यासी गोपालप्रसाद रिमाल र विष्णु गुरागाईले उम्मेद्वारी फिर्ता लिएपछि दोस्रो कार्यकालका लागि पराजुली सर्वसम्मत निर्वाचित हुनुभएको हो । त्यस्तै, सचिबमा सुभास भण्डारी, उपसचिबमा नेत्रप्रसाद आपागाई, उपकोषाध्यक्षमा यमलाल रसाईली, महिला सदस्यमा सिता कार्की, सदस्यहरुमा छत्रबहादुर कार्की, मनोज लुईटेल, शेरबहादुर भण्डारी र सचिन शाक्य सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यस्तै, उपसभापतिमा भागीरथा अधिकारी र निर्मला चौहानबीच निर्वाचन हुने भएको छ भने कोषाध्यक्षमा पूर्णबहादुर सुनुवार, डा. हरिबाबु दाहाल र द्रोणबहादुर अधिकारीबीच प्रतिष्पर्धा हुने भएको छ ।

May be an image of ticket stub, blueprint and text

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय