
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन तोलाको १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज २३४० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ साउन ७ गते हालसम्मकै उच्च २३५० रुपैयाँ पुगेको रेकर्ड छ ।