उर्लाबारी । बाल अधिकारकर्मी सन्जिब भण्डारीका छरछिमेकी पनि हत्या नै भएको दाबी गर्छन् । स्थानीय हस्तबहादुर गुरुङले मृतकको शवको प्रकृति हेर्दा हत्या नै भएको देखिएको बताए । उनले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कार्वाही गर्नु प्रहरी प्रशासनलाई माग गरे । त्यस्तै, स्थानीय जगतबहादुर खत्रीले मृतक भण्डारीको हत्या भएको दाबी गर्दै दोषीलाई कार्वाही नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । हत्या हो वा होइन छानविन गर्नु पर्ने प्रहरीले बास्कोटालाई हालसम्म पक्राउ गरी अनुसन्धानको दायरामा नल्याउनु नै घटना रहस्यमय रहेको उनको भनाइ छ । भण्डारीको मृत्युसँगै पथरीशनिश्चरे वडा नम्बर १० को जिरीखिम्ती भने शोकमा डुबेको छ । यस विषयमा बास्कोटासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
ADVERTISEMENT
