उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको समन्वयमा उर्लाबारी नगरपालिका वडा नं. ४ आईतबारे निवासी पूर्णमाया उप्रेती खवास बिहीबार राति उद्दार गरिएको छ ।
झापा जिल्ला कमल गाउँपालिका वडा नं ६ स्थित स्माईल फन पार्क नजिकै फेला परेको सूचना सामाजिक सञ्जालमा प्राप्त भएपछि प्रमुख फागोको समन्वयमा घर ल्याइएको हो । उहाँका छोरा बल बहादुर भुजेल र सञ्चार क्लब नेपालका सदस्य तिलक नेपालीले उक्त स्थानमा गएर जिम्मा बुझेर ल्याउनु भएको छ । तत्काल उद्दार कार्य गर्नका लागि सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेत र पत्रकार कुमार खड्काले सहजीकरण गर्नुभएको थियो । नगरप्रमुख फागोले उक्त पोष्ट देख्न साथ नगरपालिकाको गाडीमार्फत पूर्णमायाको उद्दार गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय