उर्लाबारी । उर्लाबारी नगरपालिकाले अपांगता, अशक्त जेष्ठ नागरिक र बिरामीहरुलाई शुक्रवार घरघरमै पुगेर कोरोना भाईरस बिरुद्धको भेरोसेल खोप लगाईएको छ ।
नगरपालिकाका मेयर खड्ग फागो अपांगता, अशक्त जेष्ठ नागरिक र बिरामीहरुलाई खोप लगाउन घर घरमै पुग्नुभएको हो । पछिल्लो समय सरकारले ५५ वर्ष भन्दा माथिका नागरिक, बेदेशिक रोजगारीमा जान तयार भएका र फ्रन्टलाइनरमा रहेकाहरुका लागि खोपको व्यावस्थापन गरेको छ । खोप केन्द्रमा जान नसकेका अपांगता, अशक्त जेष्ठ नागरिक र बिरामीलाई घरमै पुगेर खोपको व्यवस्थापन गरेको मेयर फागोले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय