उर्लाबारी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उर्लाबारी नगरपालिकाका विद्यालयहरूबाट ७९.४० प्रतिशत विद्यार्थीहरु उर्तिण भएका छन् ।
नगर क्षेत्रभित्रका ३० विद्यालयबाट परीक्षामा सहभागी १ हजार १ सय २६ विद्यार्थीमध्ये ८ सय ९४ जना उत्तीर्ण भएका हुन् । उर्लाबारीका १४ विद्यालयले शतप्रतिशत नतिजा निकालेका छन् । तीमध्ये सामुदायिक विद्यालयतर्फ उर्लाबारी–७ को राधिका माध्यमिक विद्यालयले मात्रै सतप्रतिशत नतिजा ल्याएको छ भने संस्थागततर्फ १३ वटा विद्यालयले सतप्रतिशत नतिजा ल्याएका छन् । राधिकाबाट १८ जना सहभागी भएका थिए । गत बर्ष निल भएको यो विद्यालय यस पटक अब्बल सावित भएको छ ।
सामुदायिकतर्फकै नमुना विद्यालय राधिका मावि, उर्लाबारी–६ का दुई जना विद्यार्थी नगरकै उत्कृष्ट अंक ल्याएका छन् । विद्यालयका दुई विद्यार्थीले ३.९६ जिपिए ल्याउँदै नगरकै उच्चतम अंक प्राप्त गरेका हुन् । । उक्त विद्यालयबाट साधारण धारतर्फबाट २६८ विद्यार्थी सहभागी हुँदा २२२ जना र प्राविधिक धारामा ४२ जना सहभागी हुँदा ३२ जना उत्तीर्ण भएका छन् ।
निजी विद्यालयतर्फ १३ वटा विद्यालयले शतप्रतिशत सफलता प्राप्त गरेका छन् । तीमध्ये सप्तकोशी बोर्डिङ (६६ जना), पशुपति आमावि (५९ जना),सुनगाभा बोर्डिङ (१४ जना), प्रतिभा बोर्डिङ (११ जना), सनसाइन बोर्डिङ (२० जना), नेपाल आदर्श अंग्रेजी मावि (२३ जना), शिशुशिक्षा सदन (१६ जना), नेबुला अंग्रेजी मावि (१६ जना), पार्लेन्स इन्टरनेशनल एकाडेमी (२३ जना), शुभकामना बोर्डिङ (१४ जना), लालीगुराँस बोर्डिङ (१३ जना), झारसाँदी बोर्डिङ (१९ जना) र ओवल ल्याब बोर्डिङ (१४ जना) रहेका छन् ।
अन्य निजी विद्यालयहरूमध्ये मोरङ मोडेल आमाविबाट २५ मध्ये २४, भृकुटी मोडल एकाडेमीबाट २५ मध्ये २४, विद्याज्योति बोर्डिङबाट १५ मध्ये १४, हिमालय बालसंसार बोर्डिङबाट २६ मध्ये २४, होलीचाइल्ड बोर्डिङबाट ११ मध्ये १०, हिमचुली बोर्डिङबाट १५ मध्ये १४ र न्यू भिजन एकाडेमीबाट १७ मध्ये १६ जना उत्तीर्ण भएका छन् । तर केही विद्यालयले अपेक्षित नतिजा ल्याउन सकेका छैनन् । सुनपकुवा माविबाट सहभागी ११३ मध्ये ६३ जना मात्र उत्तीर्ण भएका छन् । शारदा माविबाट २७ मध्ये ६, सुनझोडा माविबाट ३७ मध्ये १०, दुर्गा माविबाट ४२ मध्ये १२, लक्ष्मी मावि उर्लाबारी–८ बाट ३५ मध्ये २३, सार्वजनिक माविबाट १८ मध्ये ९ र लक्ष्मी मावि उर्लाबारी–१ बाट २६ मध्ये १४ जना मात्र उत्तीर्ण भएका छन् । साुमदायिक विद्यालयलाई अझ प्रतिबद्धता र योजनाका साथ अघि बढाउनु पर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय