
उर्लाबारी । नेकपा माओवादी केन्द्र उर्लाबारी र अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र प्रदेशको संयुक्त आयोजनामा २२ औं राष्ट्रिय धान दिवस भब्य रुपमाई मनाईएको छ । उर्लाबारी १ झारसादीमा आयोजित रोपाई कार्यक्रममा स्थानीय किसान र केन्द्रका नेता तथा कार्यकताहरुको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अखिल नेपाल किसान महासंघ (केन्द्र) का उपाध्यक्ष केपी वराल लगायत अखिल नेपाल किसान महासंघका प्रदेश कोषाध्यक्ष कल्पना घिमिरे, मोरङ जिल्ला इञ्चार्ज दिनेश फुयल, जिल्ला अध्यक्ष लक्ष्मी खतिवडा, उर्लाबारी नगर समितिका पदाधिकारीहरू, स्थानीय नेताहरू र किसानहरूको उपस्थिति रहेको थियो।
धान दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम, किसान संगालो, तथा परम्परागत शैलीमा धान रोपाइँ गरी दिवसको महत्व उजागर गरिएको थियो। कार्यक्रमले कृषि उत्पादनलाई प्रवर्द्धन गर्नुका साथै किसानहरूलाई सम्मान र प्रेरणा दिने उद्देश्य राखेको नेकपा माओवादी केन्द्र उर्लाबारीका अध्यक्ष गजेन्द्र दंगालले बताउनु भयो ।