उर्लाबारी । नेपाली कांग्रेसको वडा अधिवेशनमा ८ वटा वडामा मोरङ क्षेत्र नं. १ का सभापति खड्ग फागोको पकड स्थापित हुँदा वडा नं. ७ मा भने नगरसभापति बीरबल थापाको पकड देखिएको छ ।
वडा नं. ७ को वडासभापतिमा फागो पक्षकै मदनबाबु प्रसाई, उपसभापतिमा सुमन कार्कीले विजयी हासिल गरेपनि अधिकांश पदमा थापा हाबी भएका छन् । क्षेत्रीय प्रतिनिधिमा गोमा नेपाल र मञ्जु परियारबाहेक सबै थापा समूह हाबी देखियो । क्षेत्रीय प्रतिनिधिमा थापा समूहबाट नविन थापा, तारा थापा, निर्मला सिटौला, सिता कार्की, शोभितमाया तामाङ, अनिलकुमार ठाकुर, प्रकाश लिम्बू, प्रकाश खड्गी, केशब सुवेदी, जयधर्म आचार्य, जितबहादुर खत्री, टंक काफ्ले, बीरबल थापा, बिष्णु गुरागाई, विजय कार्की, चन्द्रप्रसाद भट्टराई विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय