सञ्चार क्लब नेपालको २२ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसरमा चार जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै नगद राशिसहित सम्मानपत्र प्रदान गरिएको हो।

कार्यक्रममा “सञ्चार क्लब नेपाल पत्रकारिता पुरस्कार” बाट पत्रकार सन्तोष राई नगद १० हजार १ रुपैयाँसहित सम्मानित हुनुभयो। त्यसैगरी “दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार” बाट पत्रकार केशब निरौला पनि सोही राशिसहित पुरस्कृत हुनुभयो।

यसैगरी “लिलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार” बाट पत्रकार सन्तोष गौतम र “दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कार” बाट अग्रज पत्रकार दुर्गा प्रसाद खतिवडा नगद १० हजार १ रुपैयाँसहित सम्मानित हुनुभएको छ।

कार्यक्रम कोशी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा वक्ताहरूले पत्रकारिताको भूमिका समाज रूपान्तरणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै निष्पक्ष र जिम्मेवार पत्रकारितामा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय