विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङका दुई वडाको बाहेक अन्य वडाको निर्वाचन सकिएको छ ।

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका अनुसार विराटनगर महानगरपालिकाको वडा नम्बर ६ र रतुवामाइ नगरपालिकाको वडा नम्बर ६ मा भने निर्वाचन कार्यक्रम विवादका कारण स्थगित भएको छ ।

१५९ वटा निर्वाचन केन्द्रमध्ये हालसम्म मोरङमा ७१ वटा वडामा सहमति भएको छ भने ८४ वटा केन्द्रमा निर्वाचन भएको छ । जसमध्ये ७९ केन्द्रको मतपरिणाम आइसकेको र ८ वटा केन्द्रको गणना भइरहेको छ ।

मोरङमा नेपाली कांग्रेसका १४ हजार ५०० जना नयाँसहित ३० हजार ७ सय क्रियाशिल सदस्यले वडा सभापति र क्षेत्रीय प्रतिनिधि चयन प्रक्रियाका लागि मतदान गरेका हुन् । ति सदस्यहरुबाट निर्वाचित जिल्लाका झण्डै ३ हजार क्षेत्रीय प्रतिनिधि छनौट हुनेछन् । मोरङमा १३७ वडा रहेको छ । कांग्रेसले कुनै वडामा भने दुईवटासम्म निर्वाचन केन्द्र बनाएको थियो । काँग्रेसले प्रदेशको अधिवेशन कात्तिक १० देखि १२ सम्म गर्ने तय गरेको छ भने मंसिर ९ देखि १३ मा केन्द्रीय महाधिवेशन गर्ने तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय