उर्लाबारी । नेपाली काँग्रेस मोरङ क्षेत्र नं. १ मा कांग्रेसलाई दर्बिलो बनाउने काम वर्तमान क्षेत्रीय सभापति खड्ग फागोले गर्नुभएको छ भन्दा फरक नपर्ला । कांग्रेसलाई यस क्षेत्रमा मजबुद बनाउन फागोको महत्वपूर्ण भूमिका रहेको छ ।
फागोले आसन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पुनः क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । नेपाली काँग्रेस १४ औं महाधिवेशन समन्वय समिति उर्लाबारीले आयोजनामा नवनिर्वाचित वडा समिति र क्षेत्रीय प्रतिनिधिलाई बधाई तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि रहेका फागोले पुनः एक पटक क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्नुभयो ।
“अन्तिम पटक क्षेत्रीय सभापतिको उम्मेद्वार बनेको छु’ उहाँले भन्नुभयो, “सोही पदमा अर्को पटक उठ्दिन ।’ क्षेत्रीय सभापतिको उम्मेद्वारी घोषणा गरिरहँदा आफूलाई सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा काँग्रेसजनको साथ सहयोग रहने बताउँदै उहाँले सबैको मनोभावना बुझेर काम गर्ने बताउनुभयो । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको दसैंपछि हुने भनिएपनि मिति तय भएको छैन । फागोको उम्मेद्वारीले कार्यकर्तामा उत्साह बढेको नेपाल तरुण दल उर्लाबारीका नगरसभापति रोहित कार्कीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय