मधुमल्ला । मिक्लाजुङ गाउँ सभापतिको लागि युवा नेता बबि राईको नेतृत्वमा टिमको घोषणा भएको छ ।
टिममा उपसभापतिद्वयमा वर्तमान उपसभापतिहरु खगेन्द्र मादेन र भवानी राई, सचिवद्वय मा वर्तमान सचिवहरु दिपक श्रेष्ठ र गुरु चापागाईलाई उम्मेद्वार बनाइएको हो । त्यस्तै, सहसचिवद्वयमा तरुण दल मिक्लाजुङका सचिव देउमान तामाङ र बिमल कुवरको उम्मेद्बारी घोषणा गरिएको छ ।























