उर्लाबारी । झापाको दमकमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरुको मन जित्दै अघि बढिहरेको छ ।
सहकारीले ऋण तथा बचतबाहेक पनि शेयर सदस्यहरुको हितमा का मगर्दै आएकाले १२ बर्षको अन्तरालमा उत्कृष्ट सहकारीहरुको भिडमा स्वर्णलक्ष्मीले आफुलाई स्थापित गराउन सफल बनेको हो । यो सहकारीले सदस्य मृत्युमा १५ हजार रुपैयाँ परिवारका सदस्यहरुलाई प्रदान गर्ने गरेको छ । दिर्घरोगी क्यान्सर, मुटु तथा मृगौला पीडितहरुलाई १० हजार रुपैया सहयोग गर्दै आएको छ । प्राकृतिक प्रकोपबाट प्रभावित बनेका शेयर सदस्यहरुलाई समेत १० हजार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष रवी न्यौपाने खत्रीले जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा अध्ययरतमध्ये टप गर्नेलाई ५ हजारसहित विद्यालयमै गएर सम्मान गर्ने काम सहकारीले गरिरहेको उहाँले बताउनुभयो । संस्थाका महिला सदस्यहरुले सुत्केरी भएको अवस्थामा ३ हजार रुपैयाँ, सर्पदंश उपचार गर्नु पर्ने भएमा ५ हजार, शल्यक्रिया खर्च ३ हजार, सदस्य घरमा नयाँ दुलही विवाह गरी भित्र्याएमा १ हजार १ सय दिने जस्ता कार्यक्रमहरु स्वर्णलक्ष्मीले अघि सारेको छ । साथै उत्कृष्ट कारोबार सदस्यहरुलाई बर्षेनी सम्मान गर्ने गरेको छ । सहकारीमा ६ हजार ५ सय १३ जना शेयर सदस्यहरु रहेका छन् भने झापा र मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा कारोबार गर्दै आएकोे छ । सहकारी सिद्धान्तका आधारमा संस्थागत क्षमतामा विकास गरी वित्तिय तथा गैर वित्तिय सेवा प्रवाहमार्फत सदस्यको जीविन स्तर उकास्न सहयोग गर्ने ध्येयका साथ अघि बढेको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।























