पुजन दास

उर्लाबारी । सहकारी संस्थाको बार्षिक साधारणसभामा बर्षभरी भएका गतिबिधिको र भाबी रणनीतिका बारेमा छलफल हुनु पर्ने हो । तर, साधारणसभा खातामा हस्ताक्षर गराउने र भत्ता बाँड्ने थलोको रुपमा बन्न थालेकोमा चिन्ता प्रकट हुन थालेको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापाले साधारणसभामा कुनै छलफल नगरी खातामा हस्ताक्षर गराउने र भत्ता बाँड्ने प्रवृत्ति बढिरहेको बताउनुभयो । स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को उर्लाबारी साधारणसभामा बोल्दै उहाँले शेयर सदस्यहरु पनि भत्ता पाइन्छ भनेर मात्रै साधारणसभामा जाने र हतार हतार निस्किने गरेको उहाँको अनुभव छ । सहकारीलाई ब्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै छिटोछरितो तथा सर्वसुलभ सेवा दिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष रवि न्यौपानेको सभापतित्व एबं उर्लाबारी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष बीरबल थापाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष घनश्याम भण्डारीलगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय