उर्लाबारी । रतुवामाई नगरपालिका क्षेत्रमा परिचित नाम हो, पोष्टबहादुर बस्नेत । अत्यन्तै चिरपरिचित, सुसंस्कृत,भद्र र शालिन ब्यक्तित्व बस्नेतले आफ्नो उर्जाशिल जीवनको दुई दशक भन्दा लामो समय नेपाली कांग्रेस पार्टीको विभिन्न तह र तप्का हुँदै सशक्तिकरण र समाजसेवामा खर्चिनु भएको छ । राजनितिमा आफ्नो समय नेतामुखी हुन भन्दा पनि सधै पार्टी, संगठन र आफ्नो गाउँ समाजमा देखिएका समस्या र चुनौतीका बारेमा बहस र छलफलमा बढी सकृय देखिनु हुने उहाँ राजनितिको राम्रो सुझबुझ भएको एउटा कुशल ब्यक्तित्व हुनुहुन्छ ।
साबिक इटहरा पार्टी सभापति भएर कार्य सम्पादन गर्दै गर्दा उहाँले खेल्नु भएको उत्कृष्ट भूमिका, कार्य कौशलता र निरन्तरको सकृयताका कारण आम नेपाली कांग्रेस कार्यकर्ताहरुको माग र भावना अनुसार रतुवामाई कांग्रेसको सभापति पदमा उहाँले उम्मेद्वारी दिनु भएको छ । उहाँले भोली नगरसभापति पदमा आफ्नो उम्मेद्वारी दिँदै हुनुहुन्छ । बस्नेतले नगर सभापति पदमा आम कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा वडासभापतिहरुको साथ र सहयोगले चुनाब जित्ने दाबी गर्दै आउनु भएको छ । रतुवामाईमा कांग्रेसलाई सशक्त तथा मजबुद बनाउन बस्नेतलाई नेतृत्वमा ल्याउनु पर्ने धेरैको बुझाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय