काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप १ हजार ७८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ७८ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ८६ हजार ६१४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३५३ संक्रमित आइसीयुमा छन् भने ११७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७४ लाख ५६ हजार ३८४ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।























