उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीको सभापतिमा सुरेन्द्र लिम्बू सर्वसम्मत निर्वाचित हुनु भएको छ ।
आज भएको उम्मेद्वारी दर्तामा सभापति पदमा उहाँको मात्रै उम्मेद्वारी परेको हो । उर्लाबारी वडा नं. ५ को दुई पटक वडा सभापतिको जिम्मेवारी निर्वाह गरिसक्नु भएका लिम्बू सर्वसम्मत निर्वाचित भएपनि घोषणा हुन बाँकी रहेको छ ।























