उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीको अधिवेशनमा सचिब बाहेक सबै पदमा सर्वसम्मत भएको छ ।
नगरसभापतिमा सुरेन्द्र लिम्बू, उपसभापतिमा राजु लामा, केशबकुमार मल्लिक सर्वसम्मत निर्वाचित हुनुभयो । सहसचिबमा चन्द्रिका घले र टंकराज गिरी सर्वसम्मत चयन हुनुभयो । त्यस्तै, सदस्यहरुमा शेरबहादुर भट्टराई, देवेन्द्र बोहोरा, सुमी तामाङ, खड्गबहादुर कार्की, पुरुषोतम कार्की, सिम्ला लावती, प्रतिक पाण्डे, उमेश चौधरी, पार्वती थापा, लिलमबहादुर बस्नेत, चन्द्रजित फोम्बो, उर्मिला गौतम, हर्कबहादुर बस्नेत, खड्गप्रसाद चौलागाई, चेतकुमारी गौतम, अम्बिका भट्टराई, गोपाल कार्की, गनेन्द्र आङ्देम्बे, तेजकुमार भट्टराई, बेलबहादुर कार्की, उर्मिला दाहाल तिम्सिना, मेदनीप्रसाद चिमरिया, लोकनाथ उपाध्याय भट्टराई, निर्मला पराजुली, राजनप्रसाद घिमिरे, सुवास तामाङ, गायत्री राई, बेलबहादुर निरौला बबी, बविता ढुंगाना, तिलामाया कार्की, सन्तोष निरौला, नरेन्द्रबहादुर काफ्ले, बृन्दा संग्रौला, गोविन्दबहादुर कार्की, तारामणि सुब्बा, ललिता पोमु लिम्बू, प्रेमबहादुर लिम्बू, यमूना राई, नवराज श्रेष्ठ, देवीमाया तामाङ, रकम श्रेष्ठ, शक्ति लिम्बू, सुकदेव पोद्दार, कोपिला बर्देवा नेपाली र सन्जिता दर्जी सर्वसम्मत चयन हुनु भएको छ ।
त्यस्तै, सचिबमा दिपक भट्टराई, विजय सुब्बा र राजन रायमाझीको उम्मेद्वारी परेको छ । दुई सचिबका लागि ३ जनाको उम्मेद्वारी परेको हो । ४ बजेसम्म उम्मेद्वारी फिर्ताको समय तोकिएको छ । सो समयमा कसैले उम्मेद्वारी फिर्ता नलिए निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय