उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति तथा उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले सहमति र सहकार्यका साथ अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।
आज उर्लाबारी कांग्रेसको नयाँ नेतृत्वलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै कांग्रेसलाई मजबुत र चलयमान बनाउन सहमति र सहकार्यका साथ अघि बढ्नु पर्नेमा उहाँले जोड दिनु भएको हो । कांग्रेसभित्रको आन्तरिक चुनाब भएकाले हार्ने आत्तिहाल्नु पर्ने जित्ने मात्तिहाल्नु पर्ने अवस्था नरहेको बताउँदै सबैलाई समेटेर अघि बढ्न निर्वाचित समितिलाई आग्रह गर्नुभयो । उहाँले नयाँ नेतृत्वको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै त्यसलाई पूरा गर्न कटिबद्ध लाग्नु पर्नेमा जोड दिनुभयो । भवन निर्माणलगायतका प्रतिबद्धता पूरा गर्न नयाँ समितिलाई खबरदारीसमेत गर्नुभयो ।























