उर्लाबारी । मोरङको मिक्लाजुङ कांग्रेसको सभापति पदमा बबी राई र अरुण बस्नेतबीच प्रतिष्पर्धा हुने भएको छ ।
सभापतिबाहेक अन्य पदमा सर्वसम्मत चयन भएको हो । उपसभापतिमा खगेन्द्र मादेन, भवानी राई, सचिबमा दिपक श्रेष्ठ, गुरु चापागाई, सहसचिबमा देउमान तामाङ र बिमल सम्शेर कुँवर सर्वसम्मत निर्वाचित हुनु भएको छ । त्यस्तै, सम्पूर्ण कार्यसमिति सदस्य पदमा पनि सर्वसम्मत भएको छ । सभापतिका लागि भोली विहान ८ बजेदेखि २ बजेसम्म मतदान हुने जनाइएको छ ।























