काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ८६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ५ हजार ५९८ र एन्टिजेन विधिबाट २ हजार ६२१ एन्टिजेन परीक्षण गरिएकोमा ८६७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ८८ हजार ५४७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार १२३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६७ हजार ८१९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३५० संक्रमित आइसीयुमा छन् भने ११२ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६३ लाख ४८ हजार २७९ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७६ लाख ९४ हजार ६०९ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १५७ जना पुगेको मन्त्रालयले जनाएको छ ।























