काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा एक हजार ३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार ७० र एन्टिजेन विधिबाट ३ हजार ८५० एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ३० जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ९० हजार २५६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७० हजार २२४ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३५१ संक्रमित आइसीयुमा छन् भने ११८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६३ लाख ८४ हजार १७२ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७८ लाख ५ हजार ६८३ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १७४ जना पुगेको मन्त्रालयले जनाएको छ ।























