उर्लाबारी । विगत १५ बर्षदेखि उर्लाबारीस्थित हाम्रा बचत तथा ऋण सहकारी संस्था लि. मा आबद्ध रहनु भएका पथरीशनिश्चरेका डिल्लीराम गौतम सह–सचिबको उम्मेद्वार बन्नु भएको छ ।
हाम्रो साकोसलाई नयाँ उचाई र सम्पूर्ण शेयर सदस्यहरुको हितमा काम गर्ने उद्देश्यले आफुले उम्मेद्वारी दिएको उहाँको भनाई छ । एउटै ब्यक्ति पटक पटक संस्थाको नेतृत्वमा आउने र हालीमुहाली मात्र गर्ने भएकाले यस पटक आफु अघि सरेको उहाँले बताउनुभयो । शेयर सदस्यहरुको हितमा कुनै काम नभएको र केही सिमित ब्यक्तिको चलखेलमा संस्था अघि बढेको उहाँले बताउनुभयो । उर्लाबारी केन्द्रीत सञ्चालक समितिको पनि उहाँले विरोध गर्नुभयो । भूगोल अनुसार सबैलाई सञ्चालक समितिमा ल्याउनु पर्ने उहाँको जोड छ । प्रतिनिधिमा रुपमा छनौट हुनु भएका शेयर सदस्यहरुले आफुलाई मतदान गरी विजयी गराउने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।























