उर्लाबारी । नेकपा एमाले फुटेपछि मोरङको उर्लाबारीस्थित हाम्रो बचत तथा ऋण सहकारी संस्था लि. को निर्वाचनमा नेकपा एकीकृत समाजवादीले आफ्नो पकड कायम गरेको छ ।
अध्यक्षमा समाजवादीका ढकबहादुर थापा डिबी) ले सानदार मतका साथ विजयी हुनु भयो । एमालेका तर्फबाट अध्यक्ष पदको उम्मेद्वार बन्नु भएका रामबहादुर बुढाथोकी पराजित बन्नु भयो । बुढाथोकीलाई जिताउने एमालेका नेताहरु सक्रिय भएका थिए । त्यस्तै, समाजवादीकै इन्दिरा राईले उपाध्यक्षमा विजयी हासिल गर्नुभयो । उहाँका प्रतिष्पर्धी गणेश दुलाल पराजित हुनुभयो । त्यस्तै, सहसचिबमा एमालेकी निर्मला गौतम विजयी हुनु भयो । एमालेकै रुपचन्द्र दाहाल रोशन र केदार चौहान विजयी हुनु भयो भने समाजवादीका कमल गौतम विजयी हुनु भयो । अन्य पदमा भने यसअघि नै सर्वसम्मत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय