उर्लाबारी । अष्ट्रेलियामा रहेका उर्लाबारीका युवाहरूले उर्लाबारी–७ स्थित नमुना बाल गृहलाई नगदसहित सोलार वाटर हिटर सहयोग गर्नुभएको छ । जाडोको समयमा बाल गृहमा रहेका बालबालिकालाई नुहाउन, लुगा धुन सहज होस् भनेर २३ जना युवाहरू मिलेर सोलार वाटर हिटर सहयोग गर्नुभएको हो । सोलार वाटर–हिटर जडान भएपछि नुहाउन मात्र नभएर भाँडा माझ्न, लुगा धुन तथा अन्य प्रयोजनका लागि पनि सहजै तातो पानी उपलब्ध हुन्छ ।
गृह परिसरमा एक कार्यक्रम गरी उर्लाबारी–७ का वडाध्यक्ष वीरबल थापाले उक्त सामग्री गृहकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गर्नुभयो । सामग्री हस्तान्तरण कार्यक्रममा उर्लाबारी–७ का वडा सदस्यहरु छत्र कार्की, निरोज तिम्सिना, शोभितमाया तामाङ र मञ्जु परियार, सञ्चार क्लबका अध्यक्ष नवराज भट्टराई, निवर्तमान अध्यक्ष सरोज बस्नेत, गृहका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।
सोलार वाटर हिटर ४५ हजारमा खरिद गरिएको र उक्त सामग्री जडानका लागि नगद ५५ हजार रुपैयाँ प्रदान गरिएको समन्वयकर्ता समेत रहनु भएका वडाध्यक्ष थापाले जानकारी दिनुभयो । अष्ट्रेलियामा रहेका उर्लाबारीका युजन भट्टराई, रोमन कार्की, रेश्मा थापा, निमा लामा, सुजन खड्का, डिकेनबाबु कार्की, नारायण राना, उज्वल कार्की, जोशन थापा, सुविङ कार्की, एलिजा कार्की, सुयोग सुब्बा, निकास अधिकारी, युवराज कार्की, हिमाल लिम्बु, मिसन थापा, सन्तोष पाख्रिन, मोनिका गुरुङ, अभिजेस हाङकिम, सविन थापा, धिसन गुरुङ, अभिषेक शाक्य र मनिश खत्रीले सोलार वाटर हिटर खरिद र जडानका लागि रकम उपलब्ध गराउनु भएको हो । सो अवसरमा गृहकी अध्यक्ष मीना बरालले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै नमुना बाल गृहलाई “हाम्रो नमुना, राम्रो नमुना’ बनाउ सबैको साथ सहयोग रहने धारणा राख्नुभयो ।























