प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भनेर व्यापक आलोचना भएपछि उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री हमालले केहीबेरअघि पदबाट राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हमाल निकट स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र बुझाएर आफ्नो निवासमा फर्किएका छन्। प्रधानन्यायाधीश राणाको कोटामा मन्त्री बनेकाे भन्दै हमालसँगै राणाको समेत चौतर्फी आलोचना भएपछि उनले आफू विवादमा नफस्ने भन्दै राजीनामा दिएका हुन्। उनी प्रधानन्यायाधीश राणाका जेठान हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय