काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ९ हजार २३७ र एन्टिजेन विधिबाट ३ हजार १६७ एन्टिजेन परीक्षण गरिएकोमा ५९६ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ९५ हजार ९९४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७५ हजार ९४३ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३२२ संक्रमित आइसीयुमा छन् भने ११३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६४ लाख ५० हजार ६४४ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८२ लाख २ हजार ५०२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २३१ जना पुगेको मन्त्रालयले जनाएको छ ।























