काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ७८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७ हजार २३३ र एन्टिजेन विधिबाट ४ हजार ९६२ एन्टिजेन परीक्षण गरिएकोमा ७८५ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ८ लाख ९५ हजार ९७७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ८८८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ७८ हजार ८३१ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ जना रहेको छ ।
मन्त्रालयका अनुसार ३१४ संक्रमित आइसीयुमा छन् भने १११ जना भेन्टिलेटरमा उपचाररत छन् ।
हालसम्म ६४ लाख ६२ हजार ७७६ जनाले पूर्ण खोप लगाइसकेका छन् भने ८३ लाख १७ हजार ९०२ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २४३ जना पुगेको मन्त्रालयले जनाएको छ ।























