उर्लाबारी । पथरीशनिश्चरे निवासी जितेन्द्र चोङबाङ रोजगारीका लागि हङकङमा हुनुहुन्छ । उहाँले केही दिनअघि समय अघि यसपालीको दशैं नमूना बालबालिकाको साथमा भनेर सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । उर्लाबारी–७ को नमूना बाल गृहमा बर्षेनी सहयोग गर्दै आउनु भएका चोङबाङले मंगलबार ५० बराबरको दशैंका लागि लुगा र १० हजार बराबरको १ सय केजी चामल, तेल एक कार्टुन सहयोग गर्नुभयो । चोङबाङकी श्रीमति कौशिला चोङबाङ लिम्बूले बाल गृहकी अध्यक्ष मीना बराललाई सो सामग्री हस्तान्तरण गर्नुभयो ।
सञ्चार क्लब नेपाल उर्लाबारीको संयोजनमा भएको दशैं विशेष कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारी नगरसभापति सुरेन्द्र लिम्बूले १५ हजार बराबरको खसी, कांग्रेसका नेता अर्जुन तुम्रोकले नगद ११ हजार र ब्यवसायी तेजकुमार भट्टराईले १५ केजी कुखुरा प्रदान गर्नुभयो । कार्यक्रममा कांग्रेसका नेता अर्जुन तुम्रोक, नेपाली कांग्रेस उर्लाबारी वडा नं. ३ का सभापति तथा नेपाल तरुण दल उर्लाबारीका सभापति रोहित कार्की, ५ नम्बरका सभापति तुलबहादुर थापा रोहित, बाल गृहकी अध्यक्ष मिना बराल, सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष नवराज भट्टराईलगायतले बोल्नु भएको थियो । कार्यक्रममा मुख्य सहयोगी जितेन्द्र चोङबाङकी श्रीमति कौशिला चोङबाङ लिम्बू, छोरी याङ्मा र छोरा जेसिन, नेपाली कांग्रेस उर्लाबारी नगर सदस्य रकम श्रेष्ठ, आइजोन इन्टरनेटका प्रबन्धक निर्देशक नविन श्रेष्ठ, होटल ग्राण्डका सञ्चालक केशब भट्टराई, सेन्ट्रल फेशन हबका निर्देशक जीवन चिमरिया, राजन लुईटेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष घनश्याम भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम संयोजक तथा सञ्चार क्लब नेपालका निवर्तमान अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय