झापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवा नेतृत्वको सरकार ‘ वार्टर सिस्टम’ले बनेको आरोप लगाउनु भएको छ ।
बिजयादशमीको अबसर पारेर नेकपा एमाले झापाले आज बिर्तामोडमा आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले यस्तो आरोप लगाउनु भएको हो । संसदसमेत नचलिरहेको अबस्थामा सरकार के चलेको छ भन्नु भन्दै अध्यक्ष ओलीले सरकार नै सट्टा पट्टामा बनेकाले तीन महिनामा बल्ल सरकारले पूर्णता पाएको बताउनुभयो ।
बार्डर अर्थात सट्टा पट्टा पहिला व्यपार व्यवसायमा हुन्थ्यो अध्यक्ष ओलीले भन्नुभयो – ‘यो सरकार बन्दा पैसाको कारोवार भयो या भएन तर सट्टा पट्टा गर्दै धर्तीमै पहिलो पटक परमाधेशबाट यो सरकार बनेको हो । यो व्यवस्था संविधानमा पनि छैन’ अध्यक्ष ओलीले भन्नुभयो ।
‘हिन्दूहरुको महान चार्ड विजयादशमी सहित अन्य चार्डबार्डको समेत शुभकामना दिनु हुँदै यस वर्षको विजयादशमीले कुवुद्धिमा लागेकाहरुको समेत सुमति आओस्’ – अध्यक्ष ओलीले भन्नुभयो ।
सरकार समेत ‘बाडर्र सिस्टम’ले बनेको बताउनु भएका ओलीले आफ्नो कार्यकाल छदै विकास निर्माण लगायतका काम गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । सरकारको कुनै ठेगान छैन अध्यक्ष ओलीले भन्नुभयो – आफ्नो समय जति छ देश विकासको काम गरिहाल्नुहोस् म हाम्रा साथीहरलाई यही आग्रह गर्छु ।
अध्यक्ष ओलीले झापामा २०५० साल यता हरेक वर्ष विजया दशमीको अवसरमा नवमीका दिन नै शुभकामना आदान प्रादना कार्यक्रममा सहभागीता जनाउदै आउनु भएको छ । यो दिन नेकपा झापाले ओलीका लागि विशेष कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि अध्यक्ष ओली झापाको बिर्तामोडमा यस्तो कार्यक्रममा सहभागी हुनुभएको हो । नेकपा झापाले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्वर १ का मुख्यमन्त्री भीम आचार्य सहित पार्टीका केन्द्रीय स्तरका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो भने सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।























