उर्लाबारी । लोप हुने अवस्थामा पुगेको लिङ्गेपिङको संरक्षणमा मोरङको उर्लाबारीका युवाहरू जुटेका छन् । युवाहरूले संस्कृतिलाई निरन्तरता दिन आफ्नै पहलमा लिङ्गेपिङ बनाएर प्रयोगमा ल्याएका छन् ।
ठूला सहरमा प्रयोग हुन छाडेर विस्थापित भएको लिङ्गेपिङ गाउँबाट समेत लोप हुन थालेपछि त्यसलाई जोगाउन आफूहरूले सक्ने प्रयास गर्दै गाउँमा लिङ्गेपिङ बनाएर सञ्चालनमा ल्याएको उर्लाबारी वडा नं. ८ का युवा सागर धिमालले बताउनुभयो । उर्लाबारी वडा नं. ८ को अठियाबारीमा स्थानीय युवा सरोज बस्नेत, सागर धिमाल, विकास विष्ट, अभिषेक लिम्बू, अर्जुन लिम्बू, रोशन धिमाल, अनिल धिमाल, गगन सुवेदी, शरण धिमाल, सविन सुवेदीलगायतको पहलमा लिङ्गेपिङ बनाइएको छ ।
दसैँमा टीका–जमरा लगाएपछि एकछिनका लागि भएपनि धर्ती छाड्नुपर्छ भन्ने मान्यता चलिआएको छ । त्यहीँ मान्यताअनुसार दसैँको टीका–जमारा लगाएपछि लिङ्गेपिङको प्रयोग गर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय