उर्लाबारी । उर्लाबारी नगरपालिकाका नगरप्रमुख खड्ग फागोले कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर दशैं पर्व मनाउन आग्रह गर्नुभएको छ । बडादशैं पर्व मनाइरहँदा स्वास्थ्यका मापदण्डहरुलाई पूर्णरूपमा पालना गर्दै आपसी सद्भाव, भाइचारा र मित्रवत सम्बन्ध विकास गर्ने अवसरकार रूपमा मनाउन उहाँले आग्रह गर्नुभएको हो । उहाँले विजयादशमीको उपलक्षमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै दशैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् भन्ने कामना गर्नुभएको छ । मेयर फागोले विविधतायुक्त विशेषताबीचको एकता हाम्रो मौलिक पहिचान भएकाले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्नु साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।























