काठमाडौँ । आइतबारदेखि देशका विभिन्न स्थानमा अविरल वर्षा भइरहेको छ ।
जसका कारण सुदूरपश्चिम लगायत देशका पूर्वी तथा पश्चिमी भेगमा किसानले लगाएको धानबाली नष्ट भएका छन् ।
कैयौँ बस्तीहरु डुबानमा परेका छन् । त्यस्तै, कतिपय स्थानमा त वर्षाका कारण पहिरो गएर राजमार्ग पनि अवरुद्ध भएका छन् ।
सरकारले किसानको भएको अतुलनीय क्षतिलाई उचित राहत वितरण गरेर भोकमरी हुनबाट बचाउन जरुरी छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ ।
यद्यपि जे क्षति भइसक्यो त्यसलाई हामी टार्न सक्दैनौ तर त्यसको कमसेकम क्षतिलाई न्युनिकरण गर्न सकिन्छ कि भनेर सोच्नु पर्नेहुन्छ ।
जसका लागि हामीले कृषिबाली विज्ञहरुको सुझवाअनुसार पानीले डुबाएको धानलाई के कसरी क्षति कम गर्न सक्छौँ भन्नेबारे केही उपायहरु प्रस्तुत गरेका छौँ । तपाइँले यी उपायहरु लागू गर्न सक्नुहुन्छ ।
पानीले डुबेको धानलाई के गर्ने ?
१. सर्वप्रथम खेतमा जमेको पानीलाई निकाल्ने ।
२. भिजेको धानलाई सुख्खा स्थानमा राख्ने ।
३. धेरै तातो वा चिसो हुन नदिने अन्यथा उम्रन वा नष्ट हुन सक्छ ।
४. धानलाई चलाइराख्ने जसले गर्दा सामान्य तापक्रम सन्तुलन हुन्छ ।
५. नकाटेको धान ढलेर डुबेको भए पानी तर्काउने ।
६. मौसम सफा नहुँदासम्म धान नकाट्ने वा काट्नै परे काट्दै झार्ने ।























