काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि खटिन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले देशका विभिन्न ठाउँमा आएको बाढीबाट प्रभावित भएकालाई तत्काल राहत तथा उद्धारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका हुन् ।
आइतबारदेखि आएको अविरल वर्षाका कारण सुदूरपश्चिमलगायत देशका विभिन्न क्षेत्रमा डुबान भएर धनजनको क्षति भएको छ ।
डुबानका कारण हजारौँ हेक्टर जमिनमा लगाएको धानबाली लगायत नष्ट भएको छ ।























