उर्लाबारी । लगातारको अबिरल बर्षा र हावाहुरीका कारण क्षति पुगेको धान वालीको तथ्याङ्क संकलन थालिएको छ ।
उर्लाबारी नगरपालिकाले उर्लाबारीका ९ वटै वडामा तथ्याङ्क संकलन थालेको हो । हावाहुरी र बर्षाका कारण कृषकहरुले लगाएको धानबालीमा क्षति गरेपछि तथ्याङ्क संकलन थालिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो । उहाँले लगत संकलन गरी प्रदेश तथा केन्द्र सरकारलाई पठाउने र कतैबाट सहयोग प्राप्त नभए नगरपालिकाले नै भएपनि कृषकहरुलाई राहत वितरण गर्ने बताउनुभयो । उहाँले वडा कार्यालय र कृषि शाखामार्फत वास्तविक क्षतिको विवरण टिपाउन पनि सबै कृषकहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय