उर्लाबारी । अबिरल बर्षासँगै मावा खोलामा आएको बाढीको कारण मोरङको उर्लाबारी वडा नं. ७ मा ३ घर र १ गोठमा पूर्ण क्षति गरेको छ ।
उर्लाबारी–७ का बलबहादुर रोक्का, राजु मगर, टिकामाया सार्कीको घर र प्रकाश घिमिरेको गोठ पूर्ण रुपमा क्षति पुगेको उर्लाबारी वडा नं. ७ का सदस्य निरोज तिम्सिनाले जानकारी दिनुभयो । साथै मावा खोलाको पुलमा पनि क्षति पुगेको उहाँले बताउनुभयो । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष बीरबल थापालगायत टोलीले अनुगमन गरी तत्काल रोकथामका लागि प्रयास थाल्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय